+
Search

ताजा अपडेट +

पपुलर +

सचिवालय बैठकमा ओलीको ‘ब्रिफिङ’ : सरकारका लागि मरिहत्ते गर्दैनौँ, गठनबन्धन टुटे अघि बढ्छौँ

4KNationalDaily
२०७९ पुष ७, बिहीबार १५:२७ बजे

काठमाडौं– नेकपा (एमाले)ले सरकार गठनका सन्दर्भमा पर्ख र हेरको नीति लिने भएको छ । सत्तारुढ गठबन्धनको अवस्था हेरेर मात्रै सरकार गठनमा अघि बढ्ने एमालेको तयारी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारका लागि मरिहत्ते नगर्ने बताएका छन् । आज बिहान बालकोटमा बसेको सचिवालय बैठकमा ओलीले सत्ता गठबन्धन टुटे मात्रै आफूहरु अघि बढ्ने बताएका हुन् ।

‘हामी सरकारका लागि मरिहत्ते गर्दैनौँ । सत्ता गठनबन्धनको अवस्था हेर्छौँ,’ ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ‘गठबन्धनले के गर्छ ? गठबन्धन टुटेमात्रै हामी अघि बढ्छौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily