+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपछि बाँस्कोटाको टिप्पणी: फुट र प्रतिगमन दुवै पराजित

4KNationalDaily
२०७९ पुष १०, आईतवार १६:५३ बजे

काठमाडौं- नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले अब फेरि पार्टी एकताको ढोका खुल्न बाँकी रहेको बताएका छन् ।

आइतबार एमालेसहितका दलहरूको समर्थनमा पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति भएपछि बास्कोटाले ‘फुट र प्रतिगमन दुवै पराजित’ भएको टिप्पणी गरेका छन् ।

‘फुट र प्रतिगमन दुवै पराजित । विश्वास र एकताको सुस्तरी ढोका खोल्न बाँकी रह्यो ।चोटपछि चेत आउने यसरी नै हो,’ बास्कोटाले भनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily