+
Search

ताजा अपडेट +

पपुलर +

सरकारी सेवा लिँदा लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

4KNationalDaily
२०७९ पुष ११, सोमबार २१:१६ बजे

काठमाडौं– सरकारले सरकारी सेवा लिँदा लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्ने निर्णय गरेको छ।

नयाँ सरकार गठनपछि सोमबार बसेको मन्त्रिपरिषद्‌को पहिलो बैठकले राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र लगायत सरकारी सेवा लिन लाइन बस्नु नपर्ने गरी सेवामा सुधार गर्ने निर्णय गरेको हो।

राहदानी बनाउन लामो लाइन बस्नुपर्ने अहिलेको अवस्थालाई अन्त्य गर्न निर्देशन दिने तथा नागरिकलाई सहज रुपमा सेवा लिन मिल्ने व्यवस्था गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily