+
Search

ताजा अपडेट +

पपुलर +

यस्तो छ ‘तिम्रो मेरो साथ’ को शीर्ष गीत ‘झिलमिल झिलमिल’

4KNationalDaily
२०७९ पुष १३, बुधबार १८:५५ बजे

काठमाडौं– अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ को शीर्ष गीत रिलिज गरिएको छ । ‘झिलमिल झिलमिल’ बोलको टाइटल गीतमा फिल्मका दुई मुख्य पात्र पुष्प र साम्राज्ञीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

निर्देशक रमेश एमके पौडेलकको शब्द, योगेशकाजी शाहको संगीत तथा सुगम पोखरेल र मेलिना राईको स्वर रहेको गीतमा कोरियोग्राफी रामजी लामिछानेको छ ।

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा पुष्प, साम्राज्ञीको अलवार इमिली, सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरूको अभिनय छ ।

आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने फिल्म रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । यो उनको निर्देशनमा डेब्यु फिल्म पनि हो ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको फिल्ममा शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउने फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily