+
Search

ताजा अपडेट +

पपुलर +

माघेसंक्रान्तीमा जराङमा ‘जराङ कप’ हुदैं, पुरस्कार पनि बढ्याे

4KNationalDaily
२०७९ पुष १४, बिहीबार २०:५१ बजे

फाइल तस्बिर

गाेरखा- माघेसंक्रान्तीमा बारपाक-सुलिकाेट गाउँपालिका-८, जराङमा ‘जराङ कप’ हुने भएकाे छ । स्थानीय जनप्रेमी युवा क्लबको आयोजनामा जराङ खेल मैदानमा खुल्ला नक आउट फुटवल प्रतियाेगिता हुन लागेकाे हो ।

माघेसंक्रान्तीका अबसरमा स्थानिय स्तरका खेलाडी तथा खेल क्षेत्रको विकासमा सघाउ पु¥याउने उदेश्यले प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा पहिलो पुरस्कार १ लाखसहित सिल्ड, दोस्रो पुरस्कार ५० हजार रुपैयाँ  मेडल र प्रमाणपत्र रहेको आयोजक क्लबले जनाएको छ ।

क्लवले २०७८ काे भन्दा अहिले पुरस्कार राशी बढाएकाे छ । अघिल्लाे बर्ष प्रथम पुरस्कार ७५ हजारबाट १ लाख पु¥र्याएकाे हाे । जराङ कपको याे २३औ सस्करण हाे । हरेक बर्ष माघे सक्रान्तिमा हुदै आएको खुल्ला नकआउट खेलकुद  प्रतियाेगिता हुदै आएकाे छ । काेराेना माहामारीमा राेकिएकाे खेल गतबर्ष पनि भएकाे थियाे ।

यसैगरि उत्कष्ट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने क्लबका रमेश बरामले जानकारी दिए । प्रतियोगिताका लागि करीब तीन लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान क्लवले गरेकाे छ ।

माघेसंक्रान्तीका अबसरमा स्थानीय स्तरका खेलाडी तथा खेल क्षेत्रको विकासमा सघाउ पु¥याउने उदेश्यले प्रतियोगिता गर्न लागिएको हो ।प्रतियोगिता एन्फाको नियम अनुसार खेलाईने उनको भनाई छ । गाेरखा सन्देश मिडिया प्रा.द्वारा सञ्चालित पालिका लाइभ जराङ कपकाे मिडिया पार्टनर हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily