काठमाडौँ- सौर्य सिमेन्टले १ वर्षमै साढे ७ अर्ब रुपैयाँको सिमेन्ट विक्री गरेको छ।
२०१७ मा स्थापना भएको कम्पनीले पूर्ण रुपमा सञ्चालनमा अएको पहिलो आवमा २०७८/०७९ मा ७ अर्ब ४३ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेको हो।
कम्पनीको कर, ब्याजलगायतसहितको नाफा २९.१६ प्रतिशत रहेको छ। सिरहाको मिर्चैया रहेको कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ६३ करोड रुपैयाँको बिक्री गरेको छ।
उद्योग र चुनढुंगा खानीको दूरी करिब ४० किलोमिटर रहेको छ। कम्पनीले मुख्यत: नेपालको पूर्वी क्षेत्रमा मार्केट होल्ड गरेको छ। सिमेन्ट उद्योगमा नयाँ प्रविधि अल्काई बाइपास सिस्टम, रोबोटिक ल्याब्स, वेस्ट हिट रिकभरी सिस्टम रहेका छन्।
दैनिक ३ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले ठूला घराना शंकर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको संयुक्त लगानी रहेको छ। सुलभ अग्रवाल कम्पनीका अध्यक्ष छन्।
प्रतिक्रिया