+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेश सभाको अधिवेशन सुरु, पहिलो बैठकमा दुई अध्यादेश पेस

4KNationalDaily
२०७९ पुष १८, सोमबार २०:१९ बजे

पाेखरा– गण्डकी प्रदेश सभाको सोमबार बसेको पहिलो बैठकमा गण्डकी प्रदेश सरकारबाट जारी भएका दुई अध्यादेश प्रस्तुत भएको छ।

बैठकमा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रस्तुत गरे।

ज्ञात–अज्ञात सहिदहरूप्रति मौनधारण गरी सुरु भएको बैठकमा प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए। पत्र पढेपछि बस्यालले प्रदेश सभाको काम कारबाहीलाई नियमित गर्नको लागि गण्डकी प्रदेश, प्रदेश सभा नियमावली २०७४ लाई स्वीकार गरी बैठक सञ्चालन गर्नका लागि सभासमक्ष प्रस्ताव पेस गरेका थिए।

त्यसपछि बस्यालले प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापालाई नेपालको संविधानको धारा २०२ तथा प्रदेश सभा नियमावली ०७४ को उपनियम १ बमोजिम बैठकमा अध्यादेश पेस गर्न अनुमति दिएका थिए। मन्त्री थापाले ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ सभामा पेस गरेका थिए।

प्रदेश सरकारले जारी गरेको अध्यादेश सोही दिन प्रदेश प्रमुखले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम प्रमाणीकरण गरी जारी गरेका थिए। प्रदेश प्रमुखले प्रमाणीकरणसँगै जारी गरेका दुई अध्यादेश सोही दिन प्रदेश राजपत्रमा प्रकाशित गरिएका थिए। प्रदेश सभाको अर्को बैठक २९ पुसमा बस्ने भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily