+
Search

ताजा अपडेट +

पपुलर +

खगराजलाई दीपक मनाङेको पनि समर्थन

4KNationalDaily
२०७९ पुष २५, सोमबार १४:५८ बजे

पाेखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारीलाई नेकपा एकीकृत समाजवादीका एकमात्र सांसद दीपक मनाङेले पनि समर्थन जनाएका छन् ।

यद्यपि उनी प्रदेशसभा सचिवालयमा स्वतन्त्र हैसियतमै रहेकाले नेकपा एसको संस्थागत निर्णय भने छैन ।

एमाले गण्डकी इन्चार्ज पद्मा अर्यालसहित खगराजलाई भेटेर मनाङेले मुख्यमन्त्रीमा समर्थन जनाएका हुन् । उनको समर्थनसँगै खगराजको पक्षमा ३३ सांसद भएका छन् ।

मनाङेले भने, ‘केन्द्रमा के छ मलाई थाहा छैन, म स्वतन्त्र नै हो क्यारे अहिलेसम्म पनि । मेरो समर्थन खगराज दाइलाई हुन्छ । कम्युनिष्ट सरकारलाई मेरो समर्थन हो ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily