+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा नगरपालिकाको नाम पृथ्वीनारायण नै कायम गरौं : राप्रपा प्रवक्ता श्रेष्ठ

4KNationalDaily
२०७९ पुष २६, मंगलवार १२:३५ बजे

गाेरखा- राष्ट्रिय प्रजातन्त्र पार्टीले गोरखा नगरपालिकाको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेको छ । प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका कायम गर्नुपर्ने माग राखेका छन् ।

सुरूमा गोरखा नगरपालिकाको नाम पृथ्वीनारायण नगरपालिका नै राखिएकोमा अकारण नाम परिवर्तन गरिएको उनले लेखेका छन् । गोरखा ऐतिहासिक भूमि रहेको र जिल्लाको नामाकरण नै गोरखा रहेको अवस्थामा पृथ्वी भूमि भएको नगरपालिकाको नाम गोरखा कायम राखिराख्नु जरुरी नभएको उनको भनाइ छ ।

‘नेपाल सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानको पुनः थालनी गरेको परिवर्तित सन्दर्भमा गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका कायम गर्न गोरखा नगर कार्यकारिणी समिति, गोरखाका आम वुद्धिजिवी, व्यवसायी लगायत आम गोरखाबासीको ध्यानाकर्षण गराउँदछु । साथै, नाम परिवर्तन गर्न, गराउन नेपाल सरकारसँग माग गर्दछु’, उनले भनेका छन् ।

https://www.facebook.com/mohan.shrestha.735/posts/10226349543499413

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily