+
Search

ताजा अपडेट +

पपुलर +

‘पठान’को अग्रिम बुकिङ, केही घण्टामै १८ लाख टिकट बिक्री

4KNationalDaily
२०७९ माघ ५, बिहीबार १३:२१ बजे

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खान र दीपिका पादुकोण स्टारर निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘पठान’को क्रेज बढिरहेको छ।

निर्माण पक्षले २० जनवरी २०२३ देखि यस फिल्मको अग्रिम बुकिङ सुरु गर्ने मेगा घोषणा गरेको थियो। तर, पछिल्लो तथ्यांकले चकित पारेको छ।

निर्माण पक्षले गोप्य रुपमा चलचित्रको अग्रिम बुकिङ सुरु गरेको बताइएको छ। यो चलचित्रको अग्रिम बुकिङ जनवरी १८ गतेबाट गोप्य रुपमा सुरु भएको छ।

‘पठान’को अग्रिम बुकिङको केही घण्टामै फिल्मको १८ लाख टिकट बिक्री भइसकेको छ। भारतीय बक्स अफिसले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार शाहरुख खानको फिल्म पठानको अग्रिम बुकिङ देशका केही सहरमा सुरु भएको छ। योसँगै फिल्मको टिकट पनि तीव्र रुपमा बिक्न थालेको छ।

फिल्मको टिकट चर्को मूल्यमा पनि तीब्र गतिमा बिकिरहेको बताइएको छ। २५ जनवरीमा रिलिज हुँदैछ। यो अद्भुत संकेत हो। जसले आगामी दिनमा बक्स अफिसमा अत्यन्तै राम्रो व्यापार गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily