काठमाडौं- बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।
शुक्रबार बिहान करिब ७:३० बजे उडेको श्री एयरलाइन्सको एयरलाइन्सको क्यू-४०० विमान खराब मौसमका कारण काठमाडौं बस्न नसकेको हो ।
चन्द्रगढी विमानस्थल एयर ट्राफिक कन्ट्रोल स्रोतका अनुसार बिहान काठमाडौंको भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुन सकेन ।
‘काठमाडौंमा ल्याण्ड हुन नसकेपछि । अन्यत्र कहीँको एयरपोर्ट खुलेको थिएन । हाम्रोमा मात्र खुलेको थियो । त्यही भएर यहाँ अवतरण भएको हो । केहीबेरअघि काठमाडौंका लागि उडिसकेको छ ‘, ती अधिकारीले नेपाल प्रेससँग भने ।
उक्त विमान ८०-८२ सीटको भएको बताइएको छ । बिहानदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलसँगै धेरै आन्तरिक विमानस्थलको उडान प्रभावित भएको छ ।
प्रतिक्रिया