+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाकै १ लाख ६ हजार ९ सय पुग्यो

4KNationalDaily
२०७९ माघ १२, बिहीबार १४:५२ बजे

काठमाडौँ– सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। गत वर्ष फागुनमा छापावाला सुन प्रतितोला १ लाख ५ हजार उच्च मूल्य कामय भएको थियो।

तर अहिले गत वर्षभन्दा उच्च विन्दुमा सुनको मूल्य पुगेको हो। उच्च विन्दुमा पुगेको सुन बिहीबार १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको हो।

बुधबारको तुलनामा छापावाला सुन प्रतितोला ७ सय रुपैयाँ वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जानाकारी गराएको छ।

महासंघका अनुसार तेजावी सुन बिहीबार प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोवार भएको छ।

आज चाँदीको मूल्यसमेत वृद्धि भएको महासंघले जनाएको छ। चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily