+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू

4KNationalDaily
२०७९ माघ १२, बिहीबार १४:५४ बजे

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

बैठकमा सहभागी हुन अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल आइपुगेका छन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल हुने महासचिव देव गुरुङले बताए ।

पार्टी संगठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए । केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् ।

स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुनेछ । यस्तै आजको बैठकले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारीसमेत गरेका छन् ।

बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मितिसमेत तोक्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily