काठमाडौं- नेपालको प्रतिनिधित्व गर्दै थाईल्याण्डको प्रतियोगितामा भाग लिन जानलागेका बूढानीलकण्ठ नगरपालिकाका ३ जना खेलाडिलाई नगरपालिकाले सम्मानका साथ बिदाई गरेकाे छ ।
थाईल्याण्डको हुवा हिन सहरमा माघ १९ गते देखि माघ २३ गते सम्म सञ्चालन हुने मई थाई फेस्टिभलको विश्व च्याम्पियनसिप फाईटमा भाग लिन गेन्जी राई, दिगविजय राठौर र लालबहादुर तामाङ्ग जान लागेका हुन् ।
कार्यक्रममा नगरप्रमुख मिठाराम अधिकारीले खेलाडिहरुलाई मई थाई खेलमार्फत देशकै प्रतिनिधित्व गर्न लागेकोमा धन्यबाद व्यक्त गर्दै जितको अग्रिम शुभकामना व्यक्त गरेका थिए ।
स्थापना काल देखिनै नगरपालिकाको साथ र सहयोग पाईरहेको डब्लु. वि.सि. मई थाई नेपाललाई यस खेलको विकास र खेलाडिको स्तरोन्नतीको लागी नगर परिषदमा थप छलफल भईरहेको उनले बताए । थाईल्याण्डमा हुन गईरहेको उक्त प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा खेलाडिहरुको व्यवस्थापनका लागी टिम म्यानेजरका रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडिसँगै थाईल्याण्ड जाने सचिव दिपक तामाङले जानकारी दिए ।
प्रतिक्रिया