+
Search

ताजा अपडेट +

पपुलर +

सिंहदरबार प्रचण्ड, ओली र देउवाबीच भेट

4KNationalDaily
२०७९ माघ २३, सोमबार १६:०६ बजे

फाइल तस्बिर

काठमाडौं– सीमा सुरक्षाका सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि सिंहदरबार बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा सुरक्षा निकायले सीमा सुरक्षाका विषयमा गरेको ब्रिफिङमा प्रधानमन्त्रीले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई पनि बोलाएका हुन्।

सुरक्षा निकायका प्रतिनिधिहरुले सोमबार सिंहदरबारमा प्रधानमन्त्रीलाई सीमा सुरक्षाको प्रयास र अवस्थाका विषयमा ब्रिफिङ गर्ने कार्यक्रम थियो। सीमा सुरक्षाको विषय राष्ट्रिय महत्वको विषय भएको भन्दै प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीलाई पनि बोलाएका हुन्।

उक्त ब्रिफिङमा प्रधानमन्त्री प्रचण्ड, सत्ता साझेदार दलहरुको उच्चस्तरीय संयन्त्रका संयोजक समेत रहेका एमाले अध्यक्ष ओली, कांग्रेस सभापति देउवासहित केही मन्त्रीहरु पनि सहभागी थिए।

प्रधानमन्त्री कार्यालय स्रोतले नेताहरुले सीमा सुरक्षाका सन्दर्भमा भइरहेको प्रयास र सीमा सुरक्षाका सन्दर्भमा गर्नुपर्ने प्रयासबारे सुरक्षा निकायले गरेको ब्रिफिङ सुनेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily