काठमाडौँ- काठमाडौंको मैतीदेवीस्थित नेपाल प्रहरी विटमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। मंगलबार दिउँसो महानगरपालिकाले प्रहरी विटमा डोजर चलाएको हो।
नेपाल प्रहरीसँग समन्वय गरेर बिट भत्काइएको महानगरपालिकाले जनाएको छ।
मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर विट निर्माण भएको थियो। त्यहाँको विट अन्यत्र व्यवस्थापन गरिने महानगरपालिकाले जनाएको छ।
मैतीदेवी चोकमा उक्त विट हुँदा सवजारी आवागमनमा समेत समस्या भएको थियो।
मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको बताए ।
‘प्रहरी शान्ति सुरक्षाको लागि हो, त्यसैले प्रहरी विट हटाउने उद्देश्य त होइन, तर सार्वजनिक सडक पेटीहरुमा रहेका प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर हटाउन लागेका छौं’ उनले भने, ‘नेपाल प्रहरी हाम्रो सहकार्यमा नै व्यवस्थापन गर्न लागेका हौं ।’
प्रतिक्रिया