+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबि बैंकले ल्यायो ‘इन्स्टा बाइ’ सेवा

4KNationalDaily
२०७९ माघ २४, मंगलवार १३:५३ बजे

काठमाडौं– एनएमबि बैंकले नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाइ’ सार्वजनिक गरेको छ। यो नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यस सुविधामार्फत ग्राहकहरूले न्यूनतम ब्याजदरमा आफ्नो खरिदहरू बराबर मासिक किस्ताहरूमा भुक्तान गर्न छनोट गर्न सक्नेछन्। यो सुविधामार्फत् अस्पताल, होटल, रेस्टुरेन्ट लगायतका बिल तथा अन्य सेवाहरूको भुक्तानी गर्न सकिने छ।

यो सुविधा ठूला खरिदहरूका लागि वा लामो अवधिमा आफ्नो खरिदहरूको लागत फैलाउन चाहने ग्राहकहरूको लागि उत्कृष्ट विकल्प भएको बैंकले बताएको छ।

यो सुविधा प्रयोग गर्न ग्राहकहरूले केवल बैंकको वेबसाइटमा लग इन गरी प्रडक्ट एण्ड सर्भिसेसमा क्लिक गरी वैकल्पकि डेलभिरी च्यानल अन्तर्गत इन्स्टा बाइ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्या सहित विवरणहरू भर्नुपर्ने बैंकले जनाएको छ।

यो नयाँ फिचरले ग्राहकहरुलाई आफ्नो क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थपिने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily