+
Search

ताजा अपडेट +

पपुलर +

माओवादीमा कार्यविभाजन : संगठन विभागमा जनार्दन, केन्द्रीय कार्यालयमा वर्षमान

4KNationalDaily
२०७९ माघ २६, बिहीबार १३:५० बजे

काठमाडौं- माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई कायम राखेको छ । जसअनुसार संगठन विभाग प्रमुखमा जनार्दन शर्मा नै कायम भएका छन् भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले निरन्तरता पाएका छन् । दुवै उपमहासचिव हुन् ।

वरियतामा भने पार्टी अध्यक्ष प्रचण्डपछि वरिष्ठ उपाध्यक्ष‍मा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन् । महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव छन् ।

२०७८ पुष दोस्रो साता काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कार्यविभाजनबारे निर्णय लिएको थिएन । लामो समयसम्म कार्यविभाजन नभएको भनी प्रश्न उठेपछि माओवादी केन्द्रले यही माघ १२ गतेदेखि २१ गतेसम्म बसेको स्थायी समितिको बैठकले पुरानै कार्यविभाजन कायम गरेको हो ।

४ कातिक २०७८ देखि अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले र संगठन विभाग प्रमुखको जिम्मेवा।री जनार्दन शर्माले सम्हाल्दै आएका छन् । महाधिवेशनले निर्णय नगरेका कारण दुबै नेताले सोही अनुसारको भूमिका निर्वाह गर्दै आएका थिए । जसलाई स्थायी समितिले वैधानिकता दिएको हो ।

सोही अनुसार स्थायी समितिको बैठकमा उपमहासचिव जनार्दन शर्माले संगठन विभाग प्रमुखको हैसियतमा संगठन सम्बन्धि प्रस्तावसहितको रिपोर्टिङ गरेका थिए ।

अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले स्कूलिङ् विभागका प्रमुखको हैसियतमा स्कूल विभागले तयार पारेको पाठ्यक्रम लगायतका विषयमा रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily