काठमाडौं– तेलुगु सिनेमाका स्टार पवन कल्याणले आफ्नो जीवनसँग जोडिएको एउटा खुलासा गरेका छन्।
सुपरस्टारका अनुसार एक समय यस्तो थियो जब उनले आत्महत्या गर्ने सोच्न थाले। ५१ वर्षीय पवन कल्याणले एक शोमा यो खुलासा गरेका हुन्।
पवन कल्याण हालै सुपरस्टार नन्दमुरी बालकृष्णको शो ‘अनस्टपबल’ को दोस्रो सिजनमा देखा परेका थिए। यस क्रममा पवन कल्याणले आफ्नो अन्तर्वार्ताको पहिलो चरणमा आफ्नो डिप्रेसनसँगको संघर्षबारे कुरा गरेका थिए।
पवन कल्याणले भने, ‘डिप्रेसन मेरो लागि ठूलो संघर्ष थियो। तर मैले यसको सामना गरें। मलाई दमको समस्या थियो र बारम्बार अस्पतालमा भर्ना हुँदा म एक्लो महसुस गर्थें।’
‘१७ वर्षको उमेरमा परीक्षाको दबाबले म डिप्रेसनमा गएँ। मलाई याद छ एक पटक मेरो जेठो दाजु (चिरञ्जीवी कोनिडेला) घरमा नभएको बेला मैले उसको लाइसेन्स प्राप्त रिभल्भरले आत्महत्या गर्ने प्रयास गरेको थिएँ।’
यस क्रममा उनले आफू डिप्रेसनबाट कसरी बाहिर निस्किएँ भन्ने पनि बताए। पढाइ, मार्सल आर्ट अभ्यास र कर्नाटक संगीत जस्ता कुराहरूले आफूलाई राम्रो मान्छे बन्न मद्दत गरेको उनले बताए।
पवन कल्याणले ‘अनस्टप्पेबल’ शो मार्फत् टिभीमा डेब्यु गरेको बताइएको छ। उनको अन्तर्वार्ताको दोस्रो भाग १० फेब्रुअरीमा प्रसारण हुनेछ।
पवन कल्याण पछिल्लो समय तेलुगु एक्शन थ्रिलर फिल्म ‘भिमला नायक’ मा देखिएका थिए। जुन बक्स अफिसमा हिट भयो।
सागर के. चन्द्राद्वारा निर्देशित यो फिल्मले बक्स अफिसमा १ सय १० करोड भारु कमाएको थियो। उनका आगामी फिल्ममा ‘हरि हर वीर मल्लु’, ‘उस्ताद भगत सिंह’ र ‘ओजी’ जस्ता फिल्महरू छन्।
प्रतिक्रिया