+
Search

ताजा अपडेट +

पपुलर +

वर्षाले पाइनन् प्रदीपको जोडी बन्ने मौका, नीतिसँग गर्ने भए रोमान्स

4KNationalDaily
२०७९ फाल्गुन १, सोमबार १४:१३ बजे

काठमाडौँ– अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता प्रदीप खड्कालाई स्क्रिन जोडीका रुपमा प्रस्तुत गर्ने कुराले निक्कै चर्चा पाएको थियो। फिल्म ‘कामिनो’मा वर्षा र प्रदीप जोडी कलाकारका रुपमा देखिने खबर सार्वजनिक भएको थियो।

यी दुवै कलाकार फिल्मका लागि औपचारिक रुपमा अनुबन्धित भैसकेका छन्।

तर, चर्चा गरिए अनुसार वर्षा र प्रदीपलाई दर्शकले जोडीका रुपमा देख्न नपाउने भएका छन्। यो फिल्ममा प्रदीपसँग अर्की अभिनेत्री नीति शाहले स्क्रिन रोमान्स गर्ने चर्चा सुरु भएको छ।

नीतिले यसअघि पनि प्रदीपसँग ‘प्रेमगीत ३’मा देखिने चर्चा भएको थियो। उक्त फिल्ममा यी दुईको सहकार्य हुन सकेन। प्रदीप र नीतिले केहि विज्ञापनमा भने सहकार्य गरेका छन्।

फिल्म ‘एक्स ९’मा पनि नीति र प्रदीप जोडी कलाकारका रुपमा देखिने तयारीमा छन्। अनमोल केसीले यो फिल्म छोडेपछि भित्रिएका प्रदीप र नीतिको फिल्मी सहयात्रा यो नै पहिलो हो।

लामो समयबाट फिल्ममा आएको अफर अस्विकार गर्दै आएकी नीतिलाई प्रदीपको जोडी कलाकारका रुपमा ‘कामिनो’मा भित्राउन फिल्मको निर्माण टिम लागिपरेको छ।

अनुप बरालसँग अभिनय सिकिरहेकी नीति पनि फिल्ममा आफ्नो बलियो उपस्थिती जनाउने तयारीमा छिन्। तर फिल्मका लागि उनले औपचारिक जवाफ भने दिएकी छैनन्।

वर्षा शिवाकोटीले यो फिल्ममा अभिनय भने गर्नेछिन्। यहि फिल्म मार्फत अभिनेता राजवल्लभ कोइराला १० वर्षपछि फिल्ममा फर्किने तयारीमा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily