+
Search

ताजा अपडेट +

पपुलर +

‘छक्का पञ्जा ४’को ट्रेलर युट्युब ट्रेन्डिङकाे पहिलाे नम्बरमा

4KNationalDaily
२०७९ फाल्गुन ७, आईतवार १४:३० बजे

काठमाडौं– चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युबको पहिलाे नम्बर ट्रन्डिङमा पर्न सफल भएको छ ।

शुक्रबार रिलिज भएको ट्रेलर आजसम्ममा युट्युबको नम्बर १ ट्रेन्डिङमा परेको छ । भिडिओलाई हालसम्म १० लाख पटक हेरिएको छ ।

ट्रेलरले प्रष्ट रुपमा राजनीति चलखेलको विषयलाई उठाएको छ । पाका नेताहरु कुर्सीमा अनि जवानहरु खाडीमा भन्ने भावलाई चलचित्रले जोड दिएको छ ।

केही समय अघिमात्र ‘दर्शन सलाम’ बोलको गीतसहित चलचित्रको टिजर र्साजनिक गरिएको थियो । उक्त गीतलाई दर्शकको राम्रो साथ मिलेको थियो भने रिलिज भएको केही दिनमै टिजरसहितको सो गीत पनि ट्रेन्डिङ नम्बर १ मा परेको थियो ।

‘छक्का पञ्जा ४’सँगै नायक अनमोल केसी अभिनित यस वर्षको अर्को प्रतिक्षित चलचित्र ‘छड्के’ पनि सोही मितिमा रिलिज हुने भएको छ । अर्थात फल्गुन १९ मा दुई चलचित्र भिड्ने पक्का छ ।

कलाकारहरु दीपकराज गिरी, दीपा श्री निरौला, निर्मल शर्मा, केदारप्रसाद घिमिरे, बुद्धी तामाङ, निर शाह, राज आचार्य, मलिना जोशी, बेनिसा हमाल, आदि लगाायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।

निर्माताहरु दिपेन्द्र खाँनिया र केशव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा दीपकराज गिरीको कथा, कविराज गहतराजको कोरियोग्राफी, श्रद्धा मास्केको मेकअप र नरेन्द्र मैनालीको छायांकन रहेको छ । चलचित्रमा कलाकारहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताका रुपमा समेत प्रस्तुत भएका छन् ।

ट्रेलर

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily