काठमाडाैं- अभिनेत्री सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग विवाह गर्न लागेकी छिन् । सुरक्षाले मानवसँगको केही वर्षको प्रेमलाई विवाहमा परिणत गर्न लागेकी हुन् ।
सुरक्षा पछिल्लो समय फिल्म अभिनयमा व्यस्त छिन् । उनी अभिनीत दुई फिल्म ‘बुलाकी’ र ‘बहाव’ रिलिजको तयारीमा छ । यस्तै, मानवले फिल्म अन्तरालपछि अभिनयमा डेब्यू गरेका हुन् । त्यसपछि उनले नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरेका छन् ।
यही फागुन २५ गते चितवनमा हुने वैवाहिक समारोहमा यी दुईले ६ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।
चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी छ ।
सन् २०१५ मा रिलिज भएको ‘अझैपनि’बाट सुरक्षाले अभिनय करिअर थालेकी थिइन् ।
प्रतिक्रिया