काठमाडौँ– गायक प्रकाश दुतराज र गायिका मेलिना राई नयाँ गीतका साथमा बजारमा आएका छन्। यी दुईको युगल गायन रहेको गीत ‘जुन माया’ सार्वजनिक भएको छ।
कौडा भाकाको यो युगल गायनमा प्रकाश र मेलिनाको स्वर निक्कै सुन्दर सुनिन्छ। प्रकाशकै शब्द र संगीत रहेको गीतमा श्यामश्वेत रसाइलीले संगीत संयोजन गरेका छन्।
प्रकाशले यसअघि ‘घर कता हो बैनी’ गीत निकालेका थिए। यो गीत निकै लोकप्रिय भयो। अहिले सार्वजनिक गीत ‘जुन माया’ त्यही गीतको सिक्वेलका रुपमा निकालिएको प्रकाशले सुनाएका छन्।
गीतको भिडिओमा ‘घर कता हो बैनीको’ गीतकै कलाकारहरू प्रस्तुत भएका छन्। प्रकाश दूतराजसँगै विजय पुन, जुना सुन्दास र आयुष्मा कार्कीले भिडिओमा अभिनय गरेका छन्।
मौसम हिमालीको निर्देशन रहेको भिडिओमा अनिल के. मानन्धरको छायांकन छ। भिडिओ सम्पादन नवीन घर्ती मगरले गरेका हुन्।
भिडिओ
प्रतिक्रिया