+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपतिमा माधव नेपाललाई अघि सार्ने माओवादीसहित तीन दलकाे निर्णय

4KNationalDaily
२०७९ फाल्गुन १२, शुक्रबार १०:१८ बजे

काठमाडाैं- नेकपा माओवादीसहित तीन दलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गर्ने भएका छन् । नेपालकाे नाममा राष्ट्रिय सहमति जुटाउन भाेलि एमाले र कांग्रेससँग संवाद गर्ने निर्णय भएकाे छ ।

राष्ट्रपतिका विषयमा छलफल गर्न आज बेलुकी नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाका शीर्ष नेताहरू वैठकमा जुटेका थिए ।

प्रधानमन्त्री प्रचण्डसमेत सहभागी उक्त वैठकमा नेपाललाई राष्ट्रपतिकाे उम्मेदवारमा प्रस्तावित गर्ने सहमति जुटेकाे एक नेताले बताए । नेपाललाई सर्वसम्मत उम्मेदवार बनाउन पहल गर्ने निर्णय पनि भएकाे ती नेताकाे भनाइ छ ।

नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउन अर्काे सत्तारूढ दल एमाले पनि सकारात्मक छ ।

कांग्रेसले भने राष्ट्रपति आफूले पाउनुपर्ने दावी गरिरहेकाे छ । एमाले र माओवादी एक ठाउँमा आए राष्ट्पतिमा नेपालकाे दावेदारी बलियाे बन्नेछ । साथै अहिलेकाे सत्तारूढ गठवन्धन जाेगिन सक्छ ।

आजकाे वैठकपछि निस्कदै प्रधानमन्त्री प्रचण्डले छलफल जारी रहेकाे र भाेलि एमाले अध्यक्षसँग कुरा गर्ने बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily