+
Search

ताजा अपडेट +

पपुलर +

पाल्पा पुगेर नारायणकाजीले भने : कांग्रेसले दिएको विश्वासको मतलाई कदर गर्नुपर्छ

4KNationalDaily
२०७९ फाल्गुन १२, शुक्रबार २१:३९ बजे

पाल्पा– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई कदर गर्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रिय सहमतिमै राष्ट्रपतिको टुङ्गो लगाउने प्रयत्न भइरहेको बताए ।

कांग्रेसलाई राष्ट्रपति दिने गरि बेलुका बसेकाे आठ दलले सहमति गरेसकेकाे छ भने राष्ट्रपतिमा कांग्रेसका वरिष्ट्र नेता रामचन्द्र पौडेलको नाम टुंगिए जस्तै भएकाे दावी गरिएकाे छ ।

उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालवीच करिब ४५ मिनेट वार्ता भएकाे छ । नेपालसँगको वार्तापछि अध्यक्ष ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily