+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट : प्रधानमन्त्री प्रचण्ड

4KNationalDaily
२०७९ फाल्गुन १८, बिहीबार १५:३४ बजे

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट सुरु गर्ने बताएका छन्।

बिहीबार राष्ट्रपति निर्वाचनको सन्दर्भमा आठ दलले आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

आठ दलले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार गर्ने तथा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छन्।

प्रधानमन्त्री दाहालले आठ दलीय गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी पनि गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily