+
Search

ताजा अपडेट +

पपुलर +

यूएईलाई हराउँदै नेपाल यू१९ क्रिकेट विश्वकपमा छनोट

4KNationalDaily
२०७९ फाल्गुन १८, बिहीबार १८:०० बजे

काठमाडौँ– यूएईलाई हराउँदै नेपाल यू१९ क्रिकेट विश्वकपमा छनोट भएको छ।

दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको हाे ।

सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।

यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily