+
Search

ताजा अपडेट +

पपुलर +

भक्तपुरमा पुगेका मन्त्री नारायणकाजी श्रेष्ठसँग स्थानीयको चर्काचर्की !

4KNationalDaily
२०७९ फाल्गुन १८, बिहीबार १८:४९ बजे

भक्तपुर– भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्ड अनुगमन गर्न पुगेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग स्थानीय वासिन्दा आक्रोशित भएका छन्।

बिहीबार मन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोली उक्त सडकखण्डको स्थलगत निरीक्षणका लागि पुग्दा स्थानीयहरूले वर्षौंदेखि आश्वासन मात्रै बाँडेर सडक निर्माण सम्पन्न नगरेको भन्दै मन्त्रीलाई नै घेरेका थिए।

बिहीबार मन्त्री श्रेष्ठसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि पुगेका थिए।

अनुगमनका क्रममा मन्त्री श्रेष्ठलाई घेरेका स्थानीहरूले ९ वर्षसम्म बाटो नबनाएको र रातदिन सुत्नसमेत नदिएको आरोप लगाए। स्थानीयहरूले मन्त्री आउने भनेपछि पानी हालेर बाटोमा धुलो उड्न रोकेको भन्दै आक्रोश पोखे।

उनीहरूले खराब बाटोकै कारण आफन्त गुमाएको भन्दै कहिलेसम्म जनतालाई गुमराहमा राख्ने भन्दै प्रश्न गरे। उनीहरूले कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने ठेक्का कम्पनीहरूलाई सरकारले किन पक्षपोषण गरिरहेको छ? भन्दै प्रश्न गरे। उनीहरूले अहिले काम गरिरहेको ठेकेदार कम्पनीको ठेक्का रद्ध गर्न पनि माग गरेका छन्।

मन्त्रीले स्थानीयहरूको माग सम्बोधन हुने र समयमा नै अब काम सक्ने आश्वासन दिनुभयो। उनले हेलचेक्राँइ भएको तर अबका दिनमा नहुने प्रतिवद्धता जनाए।

टोलीले कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर सडकको स्थलगत अनुगमन गरेको हो। सैलुङ कन्स्ट्रक्सनले कमलविनायक–नगरकोट सडकखण्ड ठेक्का पाएको छ। तर, पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन। सडक निर्माणमा भएको ढिलासुस्तीका कारण जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily