+
Search

ताजा अपडेट +

पपुलर +

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

4KNationalDaily
२०७९ चैत्र ३, शुक्रबार १९:२० बजे

काठमाडौं– उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव विजयी भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मत ल्याएर विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यले मत दिएका थिए ।

नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् । उनले पाएको मतभार जम्मा १६ हजार ३२८ रह्यो ।

जनमत पार्टीकी उम्मेदवार ममता झालाई २३ संघीय सांसद र १५ प्रदेशसभा सदस्यले मत दिएका छन् । उनले पाएको मतभार कुल २ हजार ३३७ रह्यो ।

उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता छन् । र, संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ र, उपराष्ट्रपतिमा निर्वाचित हुन कुल मतभार ५२ हजार ६२८ को ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily