+
Search

ताजा अपडेट +

पपुलर +

पाचौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसन चैत ५ गते

4KNationalDaily
२०७९ चैत्र ३, शुक्रबार २०:०५ बजे

काठमाडौँ– ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ पाचौं सिजनको अडिसन यही चैत अन्तिममा हुने भएको छ।

एक महिना अघि यो प्रतियोगिता फारम खुला गरिएको थियो। यो प्रतियोगिताको पहिलो अडिसन यही चैत ५ गते काठमाडौंमा हुने भएको छ। यसको दोश्रो अडिसन आगामी चैत १० गते हुने भएको छ।

आयोजकका अनुसार नेपालका ब्युटिसियनहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता बिगत पाँच वर्षदेखि हुँदै आएको छ। ब्युटिसियनहरुको प्रतिभा प्रस्तुतिका लागि नियमित हुँदै आएको यो नै पहिलो प्रतियोगिता हो।

रोज सिप विकास तालिम केन्द्र, रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिको आयोजनामा हुँदै आएको यो प्रतियोगितामा सहभागी हुनेहरुलाई बिगत झैं यसपटक पनि विभिन्न शिर्षकमा प्रशिक्षण राखिएको छ।

यो प्रतियोगिताकी विजेताले काठमाडौं–बैंकक– काठमाडौं यात्राको लागि दुईतर्फी हवाई टिकट सहित विभिन्न उपहार, सर्टफिल्म तथा म्युजिक भिडियोमा मेकअप र मोडलिङ अवसर, विभिन्न र्याम्पमा क्वाटवाकको अवसर प्राप्त गर्ने छन्।

फस्ट रनरअप, सेकेन्ड रअरअपले पनि विभिन्न उहपार, सर्ट फिल्म तथा म्युजिक भिडियोमा मेकअप र मोडलिङ अवसर, विभिन्न र्याम्पमा क्वाटवाकको अबसर प्राप्त गर्ने छन्।

प्रतियोगीहरुले अहिले निकै चर्चामा रहेका हाईडा फेसियलदेखि ब्युटिसियनहरुको लागि अत्यन्त उपयोगी विभिन्न क्लास प्रशिक्षणको क्रममा लिन पाउने छन्।

यो कार्यक्रम आयोजक तथा रोज ब्युटी एकेडेमीकी अध्यक्ष वरिष्ठ ब्युटिसियन सोनी कारँजितको मातहतमा विभिन्न विज्ञ प्रशिक्षार्थीबाट ब्युटि सम्बन्धी दुई साता लामो प्रशिक्षण हुने छ।

जसमा यो प्रतियोगिताका प्रतियोगीहरुलाई हाईडा फेसियलसँगै ल्यासेस एक्सटेन्सन क्लास, सेल्फ मेकअप क्लास, ब्राईडल मेकअप क्लास, रशियन जुरो क्लास, विभिन्न हेयर स्टाईल क्लास, वाटर मार्वल नेल आर्ट क्लास, कस्मेटिक केमिकल क्लास, पर्मामेन्ट ल्यासेस लिफ्टिङ (कर्ल) क्लास, स्किन केयर क्लास दिइने छ।

नेपालबाट पहिलो पटक कस्मेटिक साइन्समा ग्राजुएसन गरेकी रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर परिषी कारँजितले प्रतियोगीहरुलाई ब्युटी सम्बन्धी विभिन्न अत्याधुनिक प्रशिक्षण दिनेछिन्।

यस्तै, प्रतियोगीहरुलाई दुई सातासम्म र्याम्प प्रशिक्षण, पर्सनालिटी डेभलपमेन्ट प्रशिक्षण, फोटोशेसन, भिडियोशेसन जस्ता प्रशिक्षण दिइने छ। पार्टी गाउन, टिसर्टदेखि प्रशिक्षणका क्रममा विभिन्न सामग्री समेत उपलब्ध गराइने भएको छ ।

बिगत ५ वर्षदेखि देशभरका व्युटिसियनहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासका लागि यो प्रतियोगिता आयोजना गर्दै आएको अयोाजक संस्था रोज ब्युटी एकेडेमीकी अध्यक्ष तथा वरिष्ठ ब्युटिसियन सोनी कारँजितले बताएकी छिन्।

यो कार्यक्रमका अर्का आयोजक डब्बु क्षत्रीले प्रतियोगीहरुलाई मिडिया म्यानेजमेन्ट देखि व्यक्ति विकाससम्मका विभिन्न प्रशिक्षण दिने छन्।

ब्युटिसियनहरुलाई अरु विधाका जस्तै सेलिब्रेटीको रुपमा आफूहरुले स्थापित गर्ने पनि आयोजक क्षत्रीले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily