+
Search

ताजा अपडेट +

पपुलर +

‘नाईं नभन्नु ल ६’ को पहिलो गीत ‘दिउँला माया’ सार्वजनिक

4KNationalDaily
२०७९ चैत्र ३, शुक्रबार २०:२५ बजे

काठमाडौं– नायिका आँचल शर्मा र नवनायक आशीर्वाद क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘नाईं नभन्नु ल ६’ को पहिलो गीत ‘दिउँला माया’ सार्वजनिक गरिएको छ ।

वैशाख १ गते देशव्यापी रिलिज हुने चलचित्रको सार्वजनिक गीतमा आँचल र आशीर्वाद प्रेमिल भावमा देखिएका छन् ।

चलचित्र विकासराज आचार्य र विष्णुमणि दाहालले निर्माण गरेका हुन् । सार्वजनिक गीतमा आचार्यकै शब्द रचना र शरद शंकरको संगीत रहेको छ । गीतमा शरद शंकर र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ ।

चलचित्रलाई आचार्यले नै निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily