गाेरखा– गायिका लक्ष्मी स्याङ्तानको सुमधुर आवाजमा रहेको नयाँ आधुनिक गित जस्लाई बढी माया गर्थेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
जोन राईको निर्देशनमा तयार भएको सोही गितलाई म्युजिक चोक नेपाल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।
भिडियोमा चर्चित मोडल सुनिता वाइबाको जिवन्त अभिनय देख्न सकिन्छ ।
त्रिकोणात्मक प्रेम कथालाई प्रस्तुत गरिएको भिडियोमा मोडल सुनिताको अलवा मोडल सोनम वाइबा र माया लोप्चनको पनि अभिनय देख्न सकिन्छ ।
प्रेम बिश्वास र धोकाको बिषयलाई मुल रुपमा चित्रण गरिएको भिडियोमा आकर्षक दृश्य र क्वालिटिको भरपुर प्रयोग भएको देखिन्छ ।
गितको लयमा बुद्दिमान वाइबाको छ भने म्युजिकमा टीका बम्जन एरेन्जर पवन वाङ्ग मिक्स मास्टर डिका फुरुङ्ग रेकर्ड दिपक स्ट्युडियो ।
यो म्युजिक भिडियो युवा पुस्ता माझ पहिलो रोजाइ बन्न सक्ने अनुमान गर्न सकिन्छ ।
भिडियो
प्रतिक्रिया