+
Search

ताजा अपडेट +

पपुलर +

स्वर्णिम वाग्ले भन्छन्– मालदार मन्त्रालय पाउन १०औं करोडको डिल हुन्छ

4KNationalDaily
२०७९ चैत्र १८, शनिबार १७:५० बजे

काठमाडौं– अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको टिप्पणी गरेका छन्।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको बताए।

उनले परम्परागत र पुराना पार्टीहरूमा टिकट पैसामा किनबेच हुने गरेको आरोप पनि लगाए। राष्ट्रिय स्वतन्त्र पार्टीमा भने ढुक्कसँग टिकट पाएको उनले बताए। उनले मालदार मन्त्रालयमा १०औं करोडसम्मको डिल हुने गरेको समेत आरोप लगाए।

‘कुशासनका कुरा छन्। पैसा कहाँबाट आउँछ? पैसाले राजनीतिलाई कसरी मलजल गरिरहेको छ, लोकतन्त्रलाई विकृत बनाइरहेको राजनीतिमा पैसाको भूमिका कस्तो छ? भन्ने कुरा जोडिएको छ’, वाग्लेले भने, ‘अन्य पार्टीहरूमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ। झनै मालदार मन्त्रीहरूका लागि कस्तो हुन्छ? मालदार मन्त्रालयमा त १०औं करोडको डिल हुन्छ भन्ने छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily