काठमाडौं- मिस नेपाल-२०२३ का अन्तिम २४ जना प्रतियोगी घोषणा भएको छ । शुक्रबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित स्यास सेरेमोनीमा सेमी-फाइनलिस्ट सार्वजनिक गरिएको हो ।
सातै प्रदेशमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको द हिडन ट्रेजरले जनाएको छ ।
स्यास सेरेमोनीमा सबैजना प्रतिस्पर्धीलाई प्रतियोगी अंक समेत हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले प्रदान गरे । स्यास ग्रहण गर्दै सुन्दरीहरुले आफ्नो परिचय र रुचिबारे बताएका थिए ।
जसमध्ये धेरैको आकांक्षा वातावरण, समाज र स्वास्थ्यमा योगदान पुर्याउनु रहेको छ । पाइलट, चिकित्सक, व्यवसायी, विद्यार्थी, मोडल पेशाका सुन्दरीले यसपटक मिस नेपालमा भाग लिएका छन् ।
काठमाडौंमा भेला भएका सुन्दरीको लागि व्यक्तित्व विकासदेखि पेजेन्टसम्बन्धी तालिम सुरु भएको छ ।
मिस नेपाल कोरियोग्राफर रचना गुरुङ शर्माले उनीहरुलाई तालिम दिइरहेकी छन् । आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा ग्राण्ड फिनाले आयोजना हुँदैछ ।
प्रतिक्रिया