काठमाडौँ- लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको फिल्म ‘बुलाकी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ।
फिल्मकी मुख्य अभिनेत्री सुरक्षा पन्त, अभिनेता नरेन खड्का र डेब्यु अभिनेता विराज विष्टलाई केन्द्रमा राखेर तयार पारिएको ट्रेलर सार्वजनिक भएको हो। फिल्म कर्णाली प्रदेशमा विद्यमान जारी प्रथाबारेमा निर्माण गरिएको छ।
कर्णाली प्रदेशमा बोलिने खस भाषालाई सिनेमामा संवादका रुपमा प्रयोग गरिएको छ। टोपेन्द्र विष्टले निर्माण गरेको सिनेमा आगामी वैशाख १ गतेदेखि प्रदर्शनमा आउने छ।
फिल्म ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह-अवरोहलाई प्रस्तुत गरिएको छ।
रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईका अलावा प्रकाश कँडेल र सरस्वती खत्रीले बुलाकीबाट नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्दै छन्।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा मोति विष्टको प्रस्तुति रहेको सिनेमा शिव ढकालले खिचेका हुन्।
अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राजबहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता विष्टको पटकथा तथा संवाद छ।
डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको फिल्मको वितरण त्रिनेत्रन् र एफडीले गर्दै छन्।
‘बुलाकी’को ट्रेलर
प्रतिक्रिया