+
Search

ताजा अपडेट +

पपुलर +

धरानका मेयर साम्पाङ भन्छन्- विदेशी ऋण बन्द गर्नुपर्छ, ढुङ्गा बोक्नुपर्छ

4KNationalDaily
२०८० बैशाख ३, आईतवार २०:४३ बजे

काठमाडौँ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विदेशी ऋण लिन बन्द गर्नुपर्ने बताएका छन्।

आइतबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले विदेशी ऋण बन्द गर्नुपर्ने र बेस्सरी ढुङ्गा बोक्नुपर्ने बताएका छन्।

उनले लेखेका छन्, ‘म अरु कुरा केही जान्दिनँ। भ्रष्टाचार बन्द गर्नु पर्छ। विदेशी ऋण बन्द गर्नु पर्छ। बेस्सरी ढुङ्गा बोक्नु पर्छ। वश! कुरा त्यत्ति।’

धरानमा कोशीको पानी ल्याउन श्रमदान अभियान चलाइरहेका मेयर साम्पाङले शनिबार मात्रै आगामी बजेटमा कोशीको पानी ल्याउने परियोजना बजेटमा नपरे सांसदहरूलाई धरानमा निषेध गर्ने धम्की दिएका थिए।

उनले उक्त स्टाटस लेख्ने व्यक्ति धरानको मेयर भएको नबिर्सिन चेतावनी दिँदै भनेका थिए, ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ। तल तीनकुनेमै बोर्ड राखिनेछ फोटो सहितको। ख्याल नठान्नु होला! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily