+
Search

ताजा अपडेट +

पपुलर +

आइएमइ लाइफले १७६ रुपैयाँ प्रिमियम थपेर २७६ रुपैयाँका दरले सेयर जारी गर्ने

4KNationalDaily
२०८० बैशाख ३, आईतवार २१:४६ बजे

काठमाडौ । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा सेयर जारी गर्ने भएको छ। कम्पनीको सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने भएको छ।

प्रत्याभूतिकर्ता नियुक्ति सम्वन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लाईफका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका छन्।

आइएमइले अंकित मूल्य एक सय रुपैयाँ बराबरको सेयरमा १७६ रुपैयाँ प्रिमियम थप गरी २ सय ७६ रुपैयाका दरले सेयर जारी गर्न लागेको छ।

कम्पनीले अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैँयाको सेयर प्रत्याभूति गर्ने सम्झौता गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily