+
Search

ताजा अपडेट +

पपुलर +

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा, एक लाख १४ हजार सेयर किन्न संस्थापकलाई आव्हान

4KNationalDaily
२०८० बैशाख ३, आईतवार २१:५१ बजे

काठमाडौं– सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। एक लाख १४ हजार ८१३ कित्ता बिक्रीमा राखिएको हो।

बैंकका विद्यमान संस्थापक बिनोदकुमार खेतानले एक लाख चार हजार ८१३ कित्ता र सुधा अग्रवालले १० हजार कित्ता बिक्रीका लागि निवेदन दिएका हुन्।

संस्थापक सेयर बिक्रीका लागि पहिलो प्राथमिकता कायम संस्थापकहरुलाई नै दिइएको छ।

आउँदो ३५ दिनभित्र इच्छुकले के कति कित्ता लिने हो र कति मूल्य चुकाउने हो खुलाएर निवेदन पेश गर्नुपर्नेछ। बैंकले सोमबार सूचना निकालेको हो।

तोकिएमो म्यादसम्म पर्याप्त निवेदन नआए बैंकले शिलबन्दि बोलकबोल मार्फत् आम सर्वसाधरण र संस्थालाई सेषर बिक्री गर्ने बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily