+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीमा ढल्यो एमाले सरकार, खगराजले पाएनन् विश्वासको मत, अबकाे मुख्यमन्त्री काे ?

4KNationalDaily
२०८० बैशाख ९, शनिबार १८:५४ बजे

पोखरा ।संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वत: पदमुक्त भएका छन् ।

मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा भन्दा धेरै मत विपक्षमा परेकाले उनी पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री अधिकारीले शनिबार आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खस्यो । यससँगै मुख्यमन्त्री अधिकारी पदमुक्त भएका छन्।

अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।

उनले आफूलाई विश्वासको मत दिन उनले सबै दलहरू समक्ष आग्रह गरेका थिए।

उनी एमालेबाट मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री अधिकारी पुस २५ नियुक्त भएका थिए ।

केन्द्रमा सत्ता समिकरण फेरेपछि माओवादीले मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो । माओवादीले समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेपनि उनले विश्वासको मत पाउन सकेन् ।

एमाले, माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब १०५ दिन पदमा रहे ।

अब बस्ने बैठकले गण्डकीकाे नयाँ मुख्यमन्त्री चयन गर्नेछ । जसका लागि कांग्रेसका सुरेन्द्रराज पाण्डे र माओवादी केन्द्रका हरिबहादुर चुमान दावेदार छन् । संसदकाे सबैभन्दा ठूलाे दल रहेकाे कांग्रेसले पहिला नेतृत्व दावि गरिरहेकाे छ भने माओवादीले पनि पहिलाे चरणकाे नै नेतृत्व दावी गरिरहेकाे छ ।

केहि समयअघि गाेरखा पुगेका कांग्रेस सांसद पाण्डेमा गण्डकीमा आलो पालोको सरकारको नेतृत्व दनि कांग्रे तयार भएको बताएका थिए । त्यसै कारण हौसिएको माओवादीले पहिलो चरणमा प्रदेशको नेतृत्व दावी गरेको हो । यसअघि माओवादीको नेतृत्वमा गण्डकीमा सरकार बनेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily