+
Search

ताजा अपडेट +

पपुलर +

गन्तव्यतर्फ लाग्याे विमान, फ्लाई दुबई भन्छ- चरा ठाेकिएकाे थियाे

4KNationalDaily
२०८० बैशाख ११, सोमबार २३:३८ बजे

काठमाडौँ- सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि हिँडेको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको छ।

फ्लाई दुबईको एफजेड ५७६विमानमा चरा ठोक्किएपछि आगो देखिएको थियो।

विमानस्थलको आकाश छाड्नेबित्तिकै आगो देखिएपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो।

फ्लाई दुबईका प्रवक्ताका अनुसार काठमाडौंबाट उड्ने क्रममा चरा ठोक्किएको थियो। चरो ठोक्किएपछि जहाजबाट बम पड्केको जस्तो आवाज आएको थियो।

नियमानुसार उक्त जहाज काठमाडौंबाट दुबईतर्फ गएको छ।

उक्त जहाज स्थानीय समयानुसार मध्यराति १२ बजेर १४ मिनेटमा दुबई इन्टरनेशनल एयरपोर्टमा अवतरण गर्नेछ।

१६७ जना यात्रु लिएर ९ बजेर २१ मिनेटमा उडेको जहाजको इन्जिनमा केही समयमा नै समस्या आएको थियो। चट्याङ परेजस्तै आवाज आएको र त्यसपछि एउटा इन्जिनमा आगलागी भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily