+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका नन्दप्रसाद गण्डकी प्रदेशसभामा कांग्रेसका मुख्य सचेतक

4KNationalDaily
२०८० बैशाख २४, आईतवार २०:४३ बजे

काठमाडाैं– गोरखाका नन्दप्रसाद न्यौपाने गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस गण्डकीका प्रमुख सचेतक नियुक्त भएका छन्।

गण्डकी प्रदेशसभामा दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारलाई थाँति राखेर गोरखा १ (२)  बाट निर्वाचित न्यौपानेलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्। न्यौपाने गोरखा कांग्रेसका सभापतिसमेत हुन्।

वैशाख १५ गते मुख्यमन्त्री नियुक्त हुँदा पाण्डेले माओवादी केन्द्रबाट गोरखाकी सुशीला सिम्खडा र स्याङ्जाकी सरस्वती अर्याललाई विना विभागीयमन्त्री नियुक्त गरेका थिए।

कांग्रेसबाटै मन्त्रीको चाहना राख्नेहरु धेरै हुँदा मुख्यमन्त्री अल्मलिएका हुन्। मुख्यमन्त्री पाण्डे कसलाई मन्त्री बनाउने भन्ने परामर्शको लागि शीर्ष नेतृत्वसँग छलफल गर्न काठमाडौं आएका छन्।

माओवादी केन्द्रले पनि थप दुई मन्त्रालय आफूले पाउनुपर्ने माग गरिरहेको छ भने एकीकृत समाजवादीका सांसद दीपक मनाङेले पनि मन्त्री बन्ने चाहना व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily