+
Search

ताजा अपडेट +

पपुलर +

पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन, प्रधानमन्त्रीसंग अधिकारको आवाज उठाउने

4KNationalDaily
२०८० जेष्ठ ८, सोमबार १७:३२ बजे

पोखरा– सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छ्लफल गर्न जेठ १० गते बुधबार सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन हुन लागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

‘कुन प्रदेशले के काम गरिरहेका छन्, प्रदेशले गरेका कार्य तथा अनुभव साटफेर गर्ने, सबै प्रदेशको साझा धारणा बनाउन सम्मेलन हुन लागेको हो’, उनले भनिन्, ‘धेरै अधिकार हामीले पाएका छैनौं, पाएका अधिकार पनि उपयोग गर्न सकेका छैनौं, यस विषयमा सम्मेलनमा छलफल हुनेछ ।’

सवारी चालक अनुमतिपत्र सम्बन्धी सफ्टवेयर प्रणाली संघको मातहत वा नियन्त्रणमा हुँदै यातायात व्यवस्थामै प्रदेशलाई समस्या देखिएको छ। सफ्टवेयर संघकै नियन्त्रणमा हुँदा एकातिर सेवाग्राहीको भीड घटाउन सकिएको नसकिएको र अर्कोतिर बिचौलियाहरूलाई पनि नियन्त्रण गर्न नसकिएको प्रदेशको गुनासो छ ।

संघ र प्रदेशबीचको समन्वयको प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने अन्तर प्रदेश समन्वय परिषदको बैठकै बस्न नसक्दा अधिकारको सुनुवाइ र बाँडफाँडै नभएको प्रदेश सरकारहरुको भनाइ छ।

अहिले प्रदेशले खेपिरहेका विषयहरुमा छलफल गरेर मुख्यमन्त्रीहरुको भेलाले पोखरा घोषणापत्र जारी गर्ने तयारी छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily