+
Search

ताजा अपडेट +

पपुलर +

देशभर १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि, धेरै ग्रामीण भेगमा

4KNationalDaily
२०८० जेष्ठ १४, आईतवार १९:५३ बजे

काठमाडौं– नेपालमा अझै १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । आर्थिक सर्वेक्षण २०७९/८० ले यस्तो देखाएको हो ।

गरिबीको रेखामुनि रहेको ठूलो जनसंख्या अहिले पनि ग्रामीण भेगमा बस्ने गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यामा अहिले केही सुधार भने देखिएको आँकडाले देखाएको छ ।

बहुआयामिक गरिबीको रेखामुनि भने १७.४ प्रतिशत जनसंख्या रहेको छ ।

बहुआयामिक गरिबी ग्रामीण भेगमा २८ प्रतिशत जनसंख्या रहेको छ । शहरी क्षेत्रमा १२.३ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनि रहेको छ ।

कर्णालीमा ३९.५ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा छ भने बागमतीमा मात्र ७ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily