+
Search

ताजा अपडेट +

पपुलर +

अखण्ड भारतको नक्साले नेपाल-भारत कूटनीतिक समस्या हुनसक्छ: बाबुराम भट्टराई

4KNationalDaily
२०८० जेष्ठ १६, मंगलवार ०९:१८ बजे

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा सत्ता घटकका नेता डा. बाबुराम भट्टराईले भारतले आफनो नयाँ संसद भवनमा राखिएको नक्साले नेपाल र भारतबीच कूटनीतिक तनाव ल्याउन सक्ने बताएका छन् ।

मंगलबार बिहान आफ्नो सामाजिक संजाल ट्विटरमा लेख्दै डा भट्टराईले भारतका नेपाल लगायतका छिमेकीहरुसगको सम्बन्धमा नयाँ नक्साले थप अविश्वास ल्याउने उल्लेख गरेका छन् ।

नेपाल र भारतका प्रधानमन्त्रीको ट्विट ह्यान्डललाई मेन्सन गर्दै भट्टराईले भारतले नयाँ अखण्ड भारतको नक्साको उदेश्य बारेमा बेलैमा संचार गर्न आग्रह गरेका छन् ।

भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को नाममा नक्सा राखिएको छ । सो नक्सामा नेपाल र पाकिस्तानका भूभागसमेत उल्लेख छ । नक्साभित्र नेपालका लुम्बिनी र कपिलवस्तु तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई स्पष्ट देखाइएको छ ।

यसबारे पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘अखण्ड भारतको विवादास्पद नक्साले नेपाल लगायतका छिमेकमा अनावश्यक र हानिकारण कूटनीतिक विवाद निम्ताउन सक्छ । यसले भारतका निकटतम छिमेकीहरुबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वास बढाउने सम्भावना छ । त्यसैले भारतीय नेतृत्वले यस नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुन्छ ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily