गोरखा– सुर्यज्योती लाइफ इन्स्योरेन्सको गोरखा शाखाबाट बिमा पोलिसी खरिद गरेका पोखराका इन्द्र प्रसाद भण्डारीको परिवारलाई २० लाखको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ ।
कम्पनीले शनिवार पोखरामा एक कार्यक्रम गरी पोखरा महानगरपालिका वडा न ५ आदर्शचोकका बीमित भण्डारीको श्रीमती डिलमाया भण्डारीलाई उक्त रकम भुक्तानी गरेको हो ।
कम्पनीका गण्डकी प्रदेश प्रमुख रामजी प्रसाद बराल, पोखरा शाखा प्रमुख बिबेक त्रिपाठीले मृतकका छोरा हरि भण्डारी र डिलमाया भण्डारीलाई संयुक्त रुपमा सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
कम्पनीको अनुसार स्व.भण्डारीले ३ बर्ष अगाडि सुर्यज्योती लाइफ इन्सोरेन्स कम्पनीमा २० लाखको सुरक्षित बचत जीवन बीमा गरेका थिए ।
प्रतिक्रिया