काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामाी आर्थिक वर्षको बजेट निर्माण गरेर सार्वजनिक समेत गरिसकको छन्।
उनले नयाँ बजेटको बारेमा बोल्दै व्यवसाय र अर्थतन्त्रको विस्तारबाहेक बजेटले कुनै स्वार्थ नराखेको बताए।
उनले भने, ‘कस्ता विषयहरू समावेश भएको र स्वार्थ समूहको विषयहरू समावेश नभए/नभएको साक्षी अर्थ मन्त्रालय छ। मैले व्यक्तिगत रुपमा स्वार्थपूर्वक बजेट चलाएको कसैले देखाउँछ भने म अहिलेको पद छोडेर हिड्न सक्छु।’
उनको भनाई खर्च कटौती र विकास पहिचान गराउने खालको कार्यक्रम समावेश भएको विलासिताका वस्तुहरूमा कर बढाएको तर आधारभूत कुराहरुलाई समेटिको छ।
त्यस्तै, उनले निर्वाचितहरूको बजेट वितरण अर्थात् आयोजना छान्न दिने अधिकारको पनि विरोध गर्न नहुने बताए।
‘कुनै पनि कार्यकारीहरुले आफूले मात्र काम गर्छु भन्ने खालको कुरा गर्नु भएन अरु पनि देशमा कायम गर्न सक्ने र विकासको योजना बनाउन सक्नेहरु छन्,’ उनले भने।
उनले सांसद विकास कोष मोडालमा ५ करोड रुपैयाँ प्रत्यक्ष निर्वाचित सांसदहरूलाई दिने योजना ल्याएका छन्। त्यसमा उनले कुनै घाटा नहुने तर्क राखेका छन्।
प्रतिक्रिया