+
Search

ताजा अपडेट +

पपुलर +

संसदीय दलको बैठकमा प्रचण्डले भने- गलत सन्देश जाने कुनै सम्झौता गर्दिनँ

4KNationalDaily
२०८० जेष्ठ १६, मंगलवार १७:३६ बजे

काठमाडौँ- माओवादी केन्द्रको संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे छलफल भएको छ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकमा सांसदहरुले प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमण, सरकारद्वारा प्रस्तुत बजेट तथा सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानका बारेमा जिज्ञाशा राखेका थिए।

बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता प्रचण्डले सरकारले संघीय संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको, अहिलेको राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने खालको रहेकाले बजेटको प्रतिरक्षा गरेर जानुपर्ने बताए।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रवद्र्धन तथा अनियमिताको अनुसन्धानमा सरकार स्पष्ट अडानका साथ जाने प्रतिबद्धता व्यक्त गरे।

संसदीय दलको बैठकपछि दलको कार्यालयमा बजेटसम्बन्धी अभिमुखीकरण भइरहेको छ।

अभिमखुीकरणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र सदस्य डा रामकुमार फुयाँलले सहजीकरण गरिरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily