+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्रीले भने- भारतसँग कूटनीतिक संवादमा छौं, राष्ट्रिय हित विपरीतका सम्झौता हुँदैन

4KNationalDaily
२०८० जेष्ठ १७, बुधबार २०:३० बजे

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन् ।

बुधबार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरुमा सरकारको ध्यानाकर्षण भएको बताए ।

उनले भने, ‘सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ छ । राष्ट्रियहीत विपरीतका गतिविधिमा कुनै सम्झौता हुँदैन । कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको छ ।’

भारत सरकारले पनि एजेण्डाको रुपमा स्वीकार गरेकाले कूटनीतिक ढंगबाट समस्या समाधान गर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily