+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखा नगरपालिकाकाे बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित !

4KNationalDaily
२०८० जेष्ठ १९, शुक्रबार १३:४२ बजे

गाेरखा– गाेरखा नगरापलिकाकाे नगरकार्यपालिकाको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएकाे छ ।

मेयरका स्वकीय सचिवकाे काम र कर्तव्यबारे थप छलफल आबश्यक परेको भन्दै उपमेयर मसली माया थोकरले माग गरेपछि बैठक स्थगित भएको हो ।

मेयरका स्वकीय सचिवको काम र कर्तव्यबारे छलफल गर्न उपप्रमुखसहित ४६ जना सदस्यहरुले माग गरेपछि मेयरले बैठक स्थगित गरेका हुन् । नगरपालिकामा तिन महिनाअघि देखि विवाद हुदै आएको छ । लामाे विवादकाबीच बिहिबार बसेकाे बैठक स्थगितपछि नगरपालिकाकाे विवाद थप सतहमा देखिएकाे छ ।

छलफलका लागी आर्थिक बर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम र १२औँ नगरसभा, नीति तथा कार्यक्रम तयारमा बिज्ञहरुको परामर्श, पृथ्वी जयन्तीको खर्च भुक्तानी, बजेट रकमान्तरणलगायतका ८ एजेण्डा तय गरिएको थियो ।

माओवादी केन्द्रबाट निर्वाचित  वडा न ११ का वडाअध्यक्ष राम बहादुर खड्काले शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काले कार्यालय सहयाेगीकाे तलव बढाउने अधिकार कहाँबाट पाउनु भयाे भन्दै त्यसकाे छिनाफाने नभई बैठकअघि नबढाउन आग्रह गरे ।

माओवादीले शिक्षा शाखा प्रमुख खड्काकाे राजिनामा माग गर्दै आएको छ भने नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले मेयरका स्वकीय सचिव अनिश आर्याललाई कारवाहिको माग गर्दै आएका छन् ।

आर्थिक बर्ष २०८०/८१ को बजेट तथा कार्यक्रमको तयारीमा लाग्नु पर्ने समयमा भएको विवादले नगरपालिकाको विवाद थप जटिल मोडमा पुगेको छ । नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित भएका मेयर राना अल्पमतमा छन् ।

नगरपालिकाका मेयर कृष्ण रानागर भने सामान्य बिषयमा थप छलफल आबश्यक नरहेकाे बताउछँन् । भन्छन्- ‘केहि समयअघि देखि देखिएकाे एक प्रकारकाे कर्मचारीकाे विवाद थियाे, त्याे मिलिसकेकाे छ, थप छलफल आबश्यक थिएन् । तर, उहाँहरूले एजेन्डामा नै नभएका विषय प्रवेश गर्न खोजेपछि बिहिबारको बैठक स्थगित भएको हो ।’ नगरपालिकाकाे बिकासका लागि सबै मिलेर अघि बढ्नुकाे विकल्प नभएकाे मेयर रानाकाे भनाइ छ ।

उपमेयर मसली माया थाेकरले मेयरका स्वकीय सचिवकाे दादागिरि अत्ति भएकाे दावी गर्छिन् । भन्छिन्- ‘मेयरकाे कामका लागि सहजिकरण गर्नका लागि स्वकीय सचिव आबश्यक भएको र उहाँको सहजिकरणका लागि राख्नु भएको हो । तर स्वकीय सचिवकाे दम्भ र घमण्ड अत्ति भयो।’

उनले मेयर रानासंग पटक-पटक छलफल गरेकाे भन्दै समाधानतर्फ अग्रसर नभएकाे आरोप लगाइन् । एकबर्षदेखि मेयर-उपमेयरबीचकाे विवाद पछिल्लाे तिनमहिना यता थप सहतमा देखिएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily