+
Search

ताजा अपडेट +

पपुलर +

रुस्लान भोड्का उत्पादनको ५० औँ वर्ष, अब नयाँ आकर्षक बोतलमा

4KNationalDaily
२०८० जेष्ठ २७, शनिबार ०९:४५ बजे

काठमाडौँ- रुस्लानले उत्कृष्ट भोड्का उत्पादनको आफ्नो यात्रामा ५० औँ वर्ष पार गरेको छ।

सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस ब्रान्डले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरुप दिएको छ।

हालै सार्वजनिक गरिएको नयाँ बोतल आकर्षक र पारदर्शी बनौटमा रहेको छ। जसले गर्दा बोतलमा रहेको भोड्काको शुद्धता स्पष्टसँग बाहिरबाटै अनुभव गर्न सकिन्छ।

आधा शताब्दीदेखि रुस्लानले उपभोक्ताको सन्तुष्टिलाई निरन्तर पहिलो प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ।

ग्राहकको चाहनालाई मध्यनजगर गर्दै सिर्जनशिलता र नयाँपन ब्रान्डका लागि विभिन्न समयमा परिष्कृत रुपमा उत्पादन एवं बोटलिङ गर्दै आएको छ र आगामी दिनमा पनि ग्राहकको चाहनालाई उच्चस्थान दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

हाल सार्वजनकि गरिएको बोतल यसैको निरन्तरताको स्वरुप उत्कृष्ट र आकर्षक बोतल बजारमा ल्याएको कम्पनीको भनाई छ।

कम्पनीले भनेको छ, ‘रुस्लान भोड्काले तपाईको खुशीयाली, उत्सव, जमघट तथा रमझमको क्षणलाई उत्सवमय बनाउन साथ दिनेछ। त्यसैले रुस्लान भोड्का पारखीहरुको पहिलो रोजाइ र छनौट रहँदै आएको छ। अब तपाईले रुस्लान भोड्का ७५० एमएल, ३७५एमएल, १८० एमएलको प्रीमियम बोतलहरू नजिकैका पसलहरूमा पाउन सक्नुहुन्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily